हाम्रो बारेमा
यस कार्यालय नयाँ कार्यालयको रुपमा मिति—२०७३।११।२६ मा स्थापना भएको हो । पहिले मालपोत कार्यालय कास्कीले हेदै अाएका कास्की जिल्लाका पूर्वी भेग का क्षाेत्रहरु पोखरा लेखनाथ महानगरपालिका का वडाहरु २७ देखि ३३ सम्म र रुपा गाउपालिका र मादी गाउपालिका यस कार्यालयका कार्य क्षेत्रहरु हुन् । यस क्षेत्रमा हाल करीव १८२००० कित्ता जग्गाहरु रहेका छन् । यस क्षेत्रका जनताहरुलाई जग्गा प्रशासन संबन्धी कार्यहरुमा सुगमता प्रदान हाेस् भन्ने उद्धेश्यले यस कार्यलयको स्थापना भएको हो । जग्गा प्रशासनमा हुने कठिनाई एवं विविध जोखिमहरुको न्युनिकरण गर्न यसको स्थापना देखि नै कार्यलयबाट हुने सम्पूर्ण कार्यहरु online system द्धारा हुदै अाएका छन् । जसको फलस्वरुप सेवाग्राहिहरुलाई कार्यालयकाे कामकारवाही प्रति बढी विस्वास हुन गएको छ । यस क्षेत्रका जनताहरुलाई प्रदान हुने सेवाहरु अझ बढी प्रविधिमैत्री बनाउदै सेवाग्राहिहरुलाई छिटो छरितो, प्रभावकारी एवं विस्वासनीय तरिकाले सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको छ । कार्यालयको अाफ्नै भवन नहुदा सेवाग्राहीलाई केही मर्का पर्न गएको महसुस भएको छ। भाडामा रहेको भवन हुदा अपाङ्ग मैत्री हुन सकेको छैन । कर्मचारी अपुग हुनु, सवारी साधन नहुनु , कार्यालयको अाफ्नै भवन नहुनु, स्रोत साधनको कमि हुनु अादि जस्ता चुनौतिहरुको बाबजुद सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको छ ।

