Government of Nepal
Ministry of Land Management, Cooperatives and Poverty Alleviation
Department of Land Management and Archive
Land Revenue Office Lekhnath, Kaski
Lekhnath, Kaski

यस कार्यालय नयाँ कार्यालयको रुपमा मिति—२०७३।११।२६ मा स्थापना भएको हो । पहिले मालपोत कार्यालय कास्कीले हेदै अाएका कास्की जिल्लाका पूर्वी भेग का क्षाेत्रहरु पोखरा लेखनाथ महानगरपालिका का वडाहरु २७ देखि ३३ सम्म र रुपा गाउपालिका र मादी गाउपालिका यस कार्यालयका कार्य क्षेत्रहरु हुन् । यस क्षेत्रमा हाल करीव १८२००० कित्ता जग्गाहरु रहेका छन् । यस क्षेत्रका जनताहरुलाई जग्गा प्रशासन संबन्धी कार्यहरुमा सुगमता प्रदान हाेस् भन्ने उद्धेश्यले यस कार्यलयको स्थापना भएको हो । जग्गा प्रशासनमा हुने कठिनाई एवं विविध जोखिमहरुको न्युनिकरण गर्न यसको स्थापना देखि नै कार्यलयबाट हुने सम्पूर्ण कार्यहरु online system द्धारा हुदै अाएका छन् । जसको फलस्वरुप सेवाग्राहिहरुलाई कार्यालयकाे कामकारवाही प्रति बढी विस्वास हुन गएको छ । यस क्षेत्रका जनताहरुलाई प्रदान हुने सेवाहरु अझ बढी प्रविधिमैत्री बनाउदै सेवाग्राहिहरुलाई छिटो छरितो, प्रभावकारी एवं विस्वासनीय तरिकाले सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको छ । कार्यालयको अाफ्नै भवन नहुदा सेवाग्राहीलाई केही मर्का पर्न गएको महसुस भएको छ। भाडामा रहेको भवन हुदा अपाङ्ग मैत्री हुन सकेको छैन । कर्मचारी अपुग हुनु, सवारी साधन नहुनु , कार्यालयको अाफ्नै भवन नहुनु, स्रोत साधनको कमि हुनु अादि जस्ता चुन‌ौतिहरुको बाबजुद सेवाग्राहीहरुलाई सर्वसुलभ सेवा प्रदान गर्न कार्यालय प्रतिबद्ध रहेको छ ।

यो वेवसाईट

free
hit counter
पटक हेरिएको छ ।

© all right reserved (Department of Land Reform and Management)